May be an image of 4 people, people standing and military uniform

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् ।सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु हुने गरी कामु भइ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २५ गते अनिवार्य अवकाश पाउँदैछन् । थापाको औपचारिक विदाइ २५ भदौमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *