May be an image of 1 person

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलबार

जापानकी १३ वर्षीया मोमिजी निशियाले टोकियो ओलम्पिक्स-२०२० मा महिला स्ट्रीट स्केट बोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन्।’मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए।

त्यसैले म खुसी छु,’ उनले भनिन्। उनी टोकियो ओलम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्।स्केटबोर्डिङ ओलम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो।’म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु,’ उनले भनिन्।

May be an image of 3 people and people standing

रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल पनि १३ वर्षकै छिन् । र कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन्। हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ। उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका थिए।

उनी निशियाभन्दा ६३ दिनले कान्छा छन्।ओलिम्पिक्समा कम उमेरका अन्य खेलाडी:गेस्टिङको कम उमेरको कीर्तिमान अझै पनि यो खेलमा भङ्ग हुन सक्छ। अगस्ट ४ मा हुने महिला पार्क स्केटबोर्डिङमा सहभागी भएपछि १३ वर्ष २८ दिनकी स्काई ब्राउन ब्रिटेनकी सबैभन्दा कान्छी ओलम्पियन हुनेछिन्।जापानकी १२ वर्ष ३४३ दिनकी कोकोना हिराकी पनि त्यही प्रतिस्पर्धामा सहभागी हुँदैछिन्।

उनी खेलमा सहभागी हुने दोस्रो सबैभन्दा कनिष्ठ जापानी ओलम्पियन हुनेछिन् ।टोक्यो ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी चाहिँ १२ वर्षकी सिरियाली टेबल टेनिस स्टार हेन्ड जाजा हुन्।

उनी शनिवार पहिलो चरणको खेलमै अस्ट्रियाका लिउ जायसँग हारेपछि खेलबाट बाहिरिएकी छन्।अन्य कम उमेरका ओलम्पिक जित्ने आशा गर्ने खेलाडीहरूमा ब्रिटेनको जिम्न्यास्टिक टूमका १६ वर्षे जुम्ल्याहा जेसिका र जेनिफर गादिरोभा पनि हुन्। त्यस्तै चीनका १४ वर्षीय गोताखोर क्वाङ होङ्चन पनि प्रतिस्पर्धामा छन्। ( स्रोत: बिबिसी नेपाली )

Leave a Reply

Your email address will not be published. Required fields are marked *