मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।


यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन्ँ् ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।

आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्क प्रणालीको साथ ३७ वा बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरु लाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *