मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३, आइतबार
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।जसपा नेता एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाका अनुसार ठाकुर पक्षलेसमेत देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
देउवाले विश्वासको मत दिन आग्रह गर्दै ठाकुरलाई आइतबार पत्र लेखेका थिए । सत्ता र अवसरको नेपाली राजनीतिमा महन्थ, उपेन्द्र हैन कि माधव, ओलि, प्रचण्ड सहित देउवा पनि माहिर खेलाडी हुन् ।