१९ असार २०७८ | कृष्ण सिंह
सर्लाही सदरमुकाम मलंगवा-८ मेन रोड देखी उधोग बानिज्य संघ मलंगवा जाने बाटो को दुर्गती नगर प्रमुख निरसल साह र बडाअक्षर लाई पटक पटक भने पनी कुनै वास्ता नगरी अटेर गरेको छ । सरोकार बला संग अनुरोध छ की समय मा ध्यान जाओस नत्र हामी वाध्य भई बिरोध को कार्यक्रम गर्नुपर्ला । जनताको दुखै न हेर्ने कस्ता नेताहरु छन ।
चोक वर्षाको पानीले जलमग्न बनेको छ। पानीको निकास नहुँदा चोक जलमग्न भई घुँडासम्म पानी जमेको स्थानीयले बताए। पानी रोडमा समेत जम्मा हुँदा सवारीलाई आवतजावतमा समेत कठिनाइ भइरहेको छ। निरन्तर वर्षा भइ रह्यो भने घरमा समेत पानी पस्ने स्थानीयले बताए। भारी वर्षाका कारण नगरपालिका चोक र बस पार्कमा समेत पानी जमेको छ।
जिल्ला विकास चोकदेखि दक्षिण जाने रोड पुरै अहिले पानीले भरिएकाले हिँडडुल गर्न समस्या भइरहेको छ। सडकमा घुडाासम्म पानी जम्मा भएको छ। वर्षा अहिले पनि भइरहेको छ। केहीबेर अझै वर्षा भयो भने पानी पसलमा पस्छ। सडकमा गाडी चल्दा पानी उछिटिएर घरसम्म पुग्ने गरेको छ। पानी निकासका लागि नालाको उचित व्यवस्था नहुँदा समस्या भएको हो। बर्षेनि यहाँको स्थानीयले यो समस्या झेल्दै आएका छन्। अझै पानी पर्ने सम्भावना छ। बाटो पुरै हिलाम्य भएको छ।