लेकबेँसी लाेहरुङ, सङ्खुवासभा। २०८३ कार्तिक २५, बुधबार

सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे देवकाेटा चाैकमा महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे ११८ ओैँ जन्मजयन्ती सम्पन्न भएको छ। मकालु साहित्यिक समाज (मसास) द्वारा आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष वीरेश राई उपस्थित हुनुहुन्थ्यो ।

दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सङ्गठन र प्रगतिशील लेखक संघ सङ्खुवासभाकाे अध्यक्षकाे पनि जिम्मेवारी सम्हाल्नु भएका मसासका अध्यक्ष ताराबहादुर बुढाथोकीकाे अध्यक्षतामा भएको कार्यक्रममा गीतकार /गजलकार वीरेश राई सम्मानित हुनुभएको छ।

बि.स.२०४३ सालदेखि साहित्य सिर्जनामा रम्दै आउनुभएका वीरेश राईद्वारा रचित गजल “तिम्राे माया स्वीकार्नु नै मेरो ठूलो भूल भयो, लालीगुराँस जस्तो जीवन पलाँसकाे फूल भयो …….. ” सन् २०२५ मा युट्युबद्वारा हिन्दी र नेपाली भाषाका सर्वाधिक रुचाइएका पाँचवटा गीत गजलमध्ये पहिलो घाेसित भएको थियो । उक्त गजललाई वरिष्ठ सङ्गीतकार जीवन अधिकारीले सङ्गीतवद्द गर्नुभएको हाे, जसले दुईवटा नेपाली कथानक चलचित्र तीलहरी´ रघर परिवार´ मा सङ्गीत दिनुभएको छ।

साे “तिम्रो माया स्वीकार्नु ….. ” गजललाई मखमली स्वरका स्वामि गायक तथा सङ्गीतकार विष्णु अधिकारीले गाउनु भएको छ। मसासका उपाध्यक्ष कवि कृष्णबहादुर चापागाईंले स्वागत मन्तब्य राख्नुभएको उक्त स्रष्टा सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा …..गुरुङ र कवि कृष्णबहादुर तामाङ, सङ्गीतकार तथा गायक सुमन राई लाेहरुङ, कवि तथा गायक सूर्यनारायण श्रेष्ठ, साहित्यकार रामप्रसाद लम्सालहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

मसासका सचिव कवि तथा गीतकार सनम थापाद्वारा सञ्चालित साे कार्यक्रममा गायक सुमन राई लाेहरुङले महाकविद्वारा रचित र वरिष्ठ सङ्गीतकार रणजीत गजमेरद्वारा सङ्गीतवद्द गीत “कुन मन्दिरमा जान्छौं यात्री …..” गाउनु भएको थियोे । कार्यक्रममा कृष्णबहादुर चापागाईं, कृष्णबहादुर तामाङ, सूर्यनारायण श्रेष्ठ, तारा घिमिरे, सनम थापा, ताराबहादुर बुढाथोकी लगायतका कविहरुले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।

#muluktimes #Sankhuwasabha #DevkotaJayanti

Leave a Reply

Your email address will not be published. Required fields are marked *