मुलुक डेस्क, महोत्तरी । २०८२ माघ १७, शनिवार

सम्मान एवम् सम्वादको शृङ्खला अन्तर्गत राजपुत समाज नेपालको आयोजनामा आज माघ १६ गते शुक्रवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा “एकल महिला सम्मान” कार्यक्रम सम्पन्न भएको छ।
राजपुत समाज नेपालको आयोजना तथा समाजको मानार्थ सदस्य डा. चन्दन सिंहको सहयोगमा करिब चालीस जना एकल महिलालाई सम्मान गरिएको थियोे । मनराको राजपुत टाेलमा अवस्थित प्रसिद्ध देवस्थल ब्रम्हस्थानमा सम्पन्न सम्मान कार्यक्रममा वडा नं. १ मा बसोबास गर्ने सम्पुर्ण राजपुत एकल महिलालाई सम्मान गरिएको थियो । एकल महिला माताहरु लाई चियापान र फाइबरको सिरक भेट स्वरुप प्रदान गर्दै सम्मान गरिएको राजपुत समाजका महासचिव संजीव सिंहले बताए ।

कार्यक्रममा समाजको योगदान र रणनीतिक कार्यक्रमको बारेमा चर्चा गर्दै सिरक वितरणको सुभारम्भ समाजका सकृय अग्रज तथा पुर्व मेयर संजयकुमार सिंह ‘मुन्ना’ले गरेका थिए । यसैगरी युवा समाजसेवी रवि सिंहले समाजप्रतिको जवाफदेहीतामाथी प्रकाश पार्दै सम्बोधन गरेका थिए । समाजका स्थानीय अग्रजहरु मार्फत एकल महिलालाई सिरक हस्तान्तरण गराइएको थियो। कार्यक्रममा स्थानीय समाजक सकृय सदस्यहरू चितरञ्जन सिंह, अजयकुमार सिंह, सुनिल सिंह ‘ज्ञानेश्वर’, सन्तोष सिंह, अमोद सिंह, भारतेन्द्रु सिंह, राधेश्याम सिंह, विकेश सिंह, सन्तोष सिंह, सन्नी सिंह, सन्जिप सिंह, बिकाश सिंह, शिबा सिंह, लक्ष्मण सिंह सहितको सहभागिता र सहयोग रहेकोे आयोजक राजपुत समाजले बताए।
