मुलुक डेस्क, मनरा । २०८२ असोज ०६, सोमवार

महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा आज वडा दशैको पहिलो दिन घटस्थापनाको सुखद उपलक्ष्यमा विगतमा झै कलश शोभा यात्रा निकालिएको छ ।

नेपाली समाज र संस्कृतिमा हजारौँ वर्षदेखि मनाइँदै आएको महान् पर्व विजया दशमी धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको छ। देवी दुर्गाले असुर शक्तिमाथि विजय प्राप्त गरेको यस पर्वलाई नेपालीहरूले सत्यको, धर्मको, न्यायको विजयको प्रतीकका रूपमा मनाउँदै आएका छन्।

मनरा मुख्य बजारमा अवस्थित दुर्गा मन्दिरदेखि ऐतिहासिक महादेव मंठ नजिकैको पोखरीबाट कलशमा पानी भरेर पुनः दुर्गा मन्दिरसम्म आएर कलश शोभा यात्रा सम्पन्न भएको श्री दुर्गा पुजा समितिको अध्यक्ष माधव सिंहले बताए । कलश शोभा यात्रामा हजारौंको संख्यामा बालबालिका, युवा र नगरवासीको सहभागिता रहेको थियो ।

मनरामा सदियौदेखि माटाेकाे मुर्ति बनाएर वर्षेनी दुर्गा पुजा भव्य तरिकाले मनाइदै आएको छ । एक सप्ताहसम्म चल्ने उत्सवमा सप्तमीदेखि विजया दशमीसम्म भव्य मेला लाग्ने गर्दछ । एलाको क्रममा मनोरञ्जनात्मक कार्यक्रम, कथा पुराण आदिको पनि व्यवस्था गरिएको हुन्छ ।


तस्बिर: सन्जिव कुमार भुजेल । मनरा

#muluktimes #Dashain #दशै #manarashisawa #Manara #Mahottari #madhesh #kalshyatra #Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *