मुलुक डेस्क, जनकपुरधाम । २०८२ असोज ०१, बुधवार

जनमत पार्टीमा विरोधको स्वर गुञ्जिएको छ । पार्टीभित्र बाटै शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ ।एकल परिवारबादको हालिमुहाली गर्दै आएका पार्टी अध्यक्ष सिके राउत विरुद्धको सामुहिक विरोध लिखित रुपमा देखिएको छ।

बदलिँदो परिवेश र मधेश प्रदेशमा मुख्यमन्त्रीको छेपारो प्रवृत्तिको कारण पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक डा. सी.के. सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले नेतृत्व परिवर्तनको औपचारिक माग लिखित रुपमै गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *