मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ११, आइतवार

ज्योति साहित्य प्रतिष्ठानको २२०औँ कविता यात्रा काव्य र कलाको समर्पणले भरिपूर्ण साहित्यिक उत्सवको रूपमा सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठान तथा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको अध्यक्षता र प्रमुख अतिथि कवि शैलेन्द्र साकारको उपस्थितिमा साहित्यिक उत्सव सम्पन्न भएको थियोे ।

साहित्यिक उत्सव कार्यक्रमको विशिष्ट अतिथिमा प्रा.डा. भरत भट्टराई, प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष वियोगी बुढाथोकी, साहित्यकार नारायण तिवारी, नरेन्द्रराज पौडेल, सुनिता राई कन्दङ्वाले सहितको उपस्थिति रहेकोे थियो । समारोहमा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको वार्षिक मुखपत्र “साहित्य संसार “को लोकार्पण गरिएको थियो। र उक्त कृतीको समीक्षा प्रा.डा. भरतकुमार भट्टराईले गर्नु भयो ।

काव्यांश नेपाल मण्डलका अध्यक्ष जायस जयाले संस्थाको संक्षिप्त परिचय र स्वागत मन्तव्य प्रस्तुत गर्दै माहोलमा ऊर्जा थपेकी थिइन्। कार्यक्रममा गीतकार भरत बम्जनलाई कविता यात्रा सम्मान प्रदान गरियो साथै साहित्यकार अञ्चु सुवेदी, सुनिता अधिकारी र जाँयस जयालाई पनि साहित्य सम्मानद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार अञ्चु सुवेदीले गर्नु भयो। यसैगरी उपस्थित स्रष्टाहरूले मन छुने कविता वाचन प्रस्तुत गर्दै नेपाली साहित्यिक भविष्यप्रति आशा, प्रेम र प्रतिबद्धता प्रकट गरे। उक्त कार्यक्रममा मधुसुदन प्रसाद घिमिरे, सुनिता अधिकारी, योगाज राजन, इन्दिरा चापागाईं, ललिता दोषी, नरेन्द्रराज पौडेल, नारायण तिवारी, निरा श्रेष्ठ, भरत बम्जन, गोविन्दमान सिंह कार्की, तिलक गाउँले, संगीता खरेल, बुद्धिराज पाण्डे, वियोगी बुढाथोकी, केदार मैनाली, रश्मी रिमाल, राकेश कुमार झा, हिमानी झा लगायतका स्रष्टाहरूले सिर्जना वाचन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *