मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०२, शुक्रवार

रसुवागढीमा असार २४ गते आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवादसमेत दिएका हुन् ।
राष्ट्रिय सभा सदस्य सिद्धिकीले चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको ठूलो क्षति हुनबाट रोक्न सकिने बताए। उनले भने, ‘यो क्षति बाढीका कारणले होस् वा ग्लेसियर फुटेको कारणले होस्, चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो । आउने दिनमा यससम्बन्धी विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।’