वीरेश राई, सङ्खुवासभा । २०८२ असार ३१, मंगलवार

सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे भानु चाैकमा आदिकवि भानुभक्त आचार्यकाे २११ ओैँ भानु जयन्ती सम्पन्न भएको छ। मकालु साहित्यिक समाजद्वारा आयाेजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य प्रमुख अतिथिको भूमिकामा उपस्थित हुनुहुन्थ्यो।

मकालु साहित्यिक समाज (मसास)का अध्यक्ष ताराबहादुर बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कृष्णराज शाक्य, खाँदबारी नगरपालिका वडा नं. १ का अध्यक्ष निरञ्जन श्रेष्ठ, सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष वीरेश राई र जिसस प्रमुख सुमन शाक्यले शुभकामना मनतब्य प्रकट गर्नु भएको थियो।

मसासका सचिव कवि तथा गीतकार सनम थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा ताराबहादुर बुढाथोकी, सनम थापा, ध्रुव डिवान खड्का, सुलाेचना शर्मा, सुजन अधिकारी, तारा घिमिरे, कृष्णबहादुर चापागाईं लगायत करिव एक दर्जन कविहरुले आ-आफ्ना कविता वाचन गर्नु भएको थियो ।
