मुलुक डेस्क, महोत्तरी । २०८२ असार ०८, आइतवार

महोत्तरीको मनरामा लागू औषधविरुद्धको सचेतनात्मक कक्षा कार्यक्रम सम्पन्न भएको छ । एक हप्तासम्म चल्ने कार्यक्रममा जिल्लाभरको विभिन्न ठाँउमा यो संचालन हुनेछ। आजको कार्यक्रममा श्री दुर्गा माध्यमिक विद्यालय मनरा, कटैयाको विद्यार्थीले भाग लिएको थियो ।

मनरा शिसवा नगरपालिकाको मेयर मोहन पाण्डेयको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा लागू औषधविरुद्धको सचेतनात्मक कक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

“लागू औषधमुक्त समाज निर्माणमा तपाईँको सानो कदम, ठूलो परिवर्तनको आधार हो।” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, शाखा अधिकृत श्री ध्रुव कार्की, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, स.प्र.उ. पुरन चन्द्र भट्ट, प्र.प्र.स. राजेश कुमार शर्मा, श्री दुर्गा क्याम्पसका प्रमुख संजीव सिंह, सहसराम माविका प्रअ तेजनारायण मिश्र, कटैया माविका प्रअ बेचन यादव,शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।