मुलुक डेस्क, महोत्तरी । २०८२ असार ०७, शनिवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १ मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

मनरा शिसवा नगरपालिकाको आयोजनामा मनाइएको योग दिवसको अवसरमा पालिकाको सबै विद्यालयको विद्यार्थी र शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । यसका साथै सबै स्वास्थ कर्मचारी र पालिकाको सबै शाखाको कर्मचारी सहित ३ हजारभन्दा बढीको सहभागिता रहेको थियो ।

“एक पृथ्वी एक स्वास्थ्यको लागि योग” भन्ने मुल नारा रहेको अन्तर्राष्ट्रिय योग दिवस २०२५ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाएको छ। यसै सन्दर्भमा मनरामा पनि योग दिवस मनाइएको आजको कार्यक्रमको अध्यक्षता गरेका पालिकाको मेयर मोहन पाण्डेयले बताए । तन मन र हर्षकाे संगम मानिने योग वैदिक सनातनदेखी मनाउदै आएको मेयर पाण्डेयले जिकिर गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महोत्तरीका प्रजिअ रहेका थिए भने अतिथिको रुपमा प्रहरी उपरीक्षक, शिक्षा शाखा संयोजक, प्रमुख, विद्यालय क्याम्पसका प्रअ र प्रमुख, योग प्रशिक्षक लगायत सर्वसाधारणको भव्य र उल्लासपुर्ण उपस्थिति रहेको थियोे ।

#muluktimes #yogaday #InternationalYogaDay #manarab #manarashisawa #Mahottari

Leave a Reply

Your email address will not be published. Required fields are marked *