मुलुक डेस्क, सर्लाही । २०८२ असार ०५, बिहीवार

नेपाल भारत विकाश मञ्चले सर्लाहीको बलरा नगरपालिका वडा नं.१ हथिऔलमा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम संचालन गरेको छ ।

निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रमको अध्यक्षता नेपाल भारत विकास मञ्चको केन्द्रिय अध्यक्ष रामकिशोर सिंहले गर्नुभएको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह रहनु भएको थियो।

बलरा नगरपालिकामा रहेकोे गरिब र दलित बस्तीलाई लक्षित गर्दै यहाँको करिब २ हजार स्थानीयको स्वास्थ्यको ख्याल गर्दै नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरिएको थियो । यसैगरी लामखुट्टेबाट बच्न करिब १२ सय झुल वितरण गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मधेश प्रदेशका दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठा,नेपाली काँग्रेसका उपसभापति डा. सरोज यादव, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार राजनीतिकर्मी लगायत हजारौंको संख्यामा जनसमुदायको उपस्थित रहेको थियो ।

#muluktimes #sarlahi #balara #hathiaul #nepal #madhesh #healthcamp #freehealthcamp #mosquitonet

Leave a Reply

Your email address will not be published. Required fields are marked *