संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ २८, बुधवार

शहीद मिथिलेश दुबेले सहादत प्राप्त गरेको लगभग ५ दशक हुन लाग्दा पनि सहादत स्थल प्रतिमा बिहिन अवस्थामा रहेको छ । शाहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस भर्खरै जेष्ठ ५ गते विभिन्न कार्यक्रमका साथ जिल्ला र प्रदेशमा मनाइएको शहीद मिथिलेश दुबेले स्मृति प्रतिष्ठानका अध्यक्ष जयकिशोर ओझाले बताए ।

२०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । उनी सहादत प्राप्त गरेको ठाँउ अहिले वडा कार्यालयको घेरा भित्र रहेको छ । प्रतिमा राख्ने भौतिक संरचना लगभग तयार रहेपनी प्रतिमा स्थापित नभएको स्थानीय उद्यमी तथा नेता राकेश रायले बताए । सरोकारवाला निकाय मनरा शिसवा नगरपालिका र प्रदेशले तदारुकता नदेखाएको गुनासो वडाध्यक्ष र स्थानीय जनताको रहेको छ ।

२०३६ सालमा निरंकुश निर्दलिय पन्चायती व्यवस्था विरुद्धमा दुबे पनि संलग्न रहेका थिए । श्री दुर्गा माध्यमिक विद्यालय मनरामा कक्षा ७ मा अध्ययनरत् रहेका दुबे बहुदलीय व्यवस्थाको पक्षधरको आन्दोलनमा सरिक रहेका थिए । आन्दोलन कै क्रममा कटैयामा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका थिए। नाबालक अवस्थामा वीरगती प्राप्त गरेका दुबे वर्तमान राजनीति सामाजिक परिवेशमा ओझेलमा परेको स्थानीय जनता र परिवारको जनगुनासो रहेको छ ।

#muluktimes #nepal #Mahottari #MANARA #manarashisawa #kataiya #janakpur #Madhesh #madheshpradesh #martyr

Leave a Reply

Your email address will not be published. Required fields are marked *