वीरेश राई, सङ्खुवासभा । २०८२ जेष्ठ १९, सोमवार

“काेशीकाे गाैरव हिमालकाे सान, पर्यटन वर्षमा सबैलाई सम्मान” भन्ने मूल नाराका साथमा “सङ्खुवासभा हाेटल ब्यावसायी सङ्घ” द्वारा आयाजित “खाँदबारी फूड फेस्टिबल २०८२” खाँदबारी बजारको पाेखरी पार्कमा सम्पन्न भएको छ।

डाक्टर पराजुलीकाे अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कवि एवम् गायक सूर्यनारायण श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रजिअ दिव्यराज पाेखरेल,साहित्यकार ताराबहादुर बुढाथोकी, सहायक प्रजिअ माेहन घिमिरे, अनन्त गाेले, डेगराज बस्नेत, प्रेमचन्द्र राई, दक्षकुमार बस्नेत, राजीव श्रेष्ठ, शुलभ गाैली, कृष्णराज शाक्य, याेगेश भट्टराई,सीता शाक्य, सृजना शंकर र वीरेश राईकाे उपस्थिति रहेको थियो।

काेशी प्रदेश पर्यटन वर्ष २०८२, पर्यटन कार्यालय धरानकाे आर्थिक सहयोगमा भएको उक्त फूड फेस्टिबलमा नेवार, किराती राई (कुलुङ र लाेहरुङ), भाेटे र मगर जातिका माैलिक खाना र पेयका परिकारहरु स्टलमा उपलब्ध गराइएको थियो, पाङ्माली राईहरुले उत्पादन गरेको सरुवा (एक प्रकारकाे जाँड) फुड फेस्टिबलमा सहभागी हुनेहरुकाे पहिलो राेजाई थियोे। उक्त दुईदिने फुड फेस्टिबल १५ गते सम्पन्न भयो ।

#muluktimes #koshi #foodfestival #foods #Sankhuwasabha #Khandbari #hotel

Leave a Reply

Your email address will not be published. Required fields are marked *