मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०१, शुक्रवार

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त आज आफ्नो ६ वर्षको कार्यकाल समाप्त गरी पद बाट अवकाश लिई विदा भएका छन्। नेपालको संविधान २०७२ जारी भएपछी मधेशी आयोगका प्रथम अध्यक्ष रुपमा डा.दत्तले २०७५ साल चैत्र ७ गते संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई समिति बाट नाम अनुमोदन भई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका थिए |
अध्यक्ष डा. दत्तको नेतृत्वमा आयोगले शुन्य बेरुजु कायम गरी पुरष्कृत भएको, जनक दर्शन, आयोगको ६ वर्षको अवसर र चुनौती, मधेशी समुदायको राज्यमा पहुँच जस्ता दर्जनौ प्रकाशन, संवैधानिक तबर बाट मधेशी को हुन् भन्ने पहिचान गरी मधेशी समुदायको थर सूचीकरण, नश्लीय दुर्व्यवहारका घटनाहरु माथि यथाशिघ्र कारवाही जस्ता महत्वपूर्ण कामहरु भएको अध्यक्ष डा.दत्तले जानकारी दिएका छन् ।