मुलुक डेस्क, पर्सा । २०८१ पौष १९, शुक्रवार

मधेश प्रदेशको पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा नयॉं खानेपानी पाईपलाइन विस्तार परियोजनाको एक विशेष समारोहका विच खानेपानीमन्त्री प्रदिप यादवले शिलान्यास गरेका छन् ।

पर्सा जिल्लाको वीरगञ्ज स्थित जनता सडक अन्तर्गत रामराजापुल देखि प्रसौनी विर्ता, सवैठवा हुदै इनर्वा मनियारी, भवानीपुर र जगरनाथपुर सडक (५ कि.मी.) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको आज मन्त्री यादवले शिलान्यास गरेका छन्।

नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखा कार्यालयको आयोजनामा उक्त परियोजनाको इनर्वा मनियारीमा शिलान्यास कार्यक्रम गरिएको मन्त्री यादवले बताएका छन् । उक्त आयोजना ताकिएको समयमै सम्पन्न हुने तथा नयाँ खानेपानी पाईपलाईन विस्तार पछि यहाँका नागरिकले शुद्ध एवं सुरक्षित खोपानी खान पाउने कुरामा मन्त्री यादव विस्वस्त रहेको बताए ।

#muluktimes #parsa #minister #watersupply #Birgunj

Leave a Reply

Your email address will not be published. Required fields are marked *