मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०६, आइतवार

काठमाडौँ महानगरपालिका-४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय भएका छन।

विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भएको भेटिएको छ। २०७६साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भै रहेको छ ।

काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष तथा नेकपा एमालेका स्थानीय नेता दिनेश महर्जले उक्त विद्यालयको नाममा लालपुर्जा भएको जग्गामा ब्याबसायिक भवन निर्माण गर्न राजि भएको एन निजि स्रोतले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजना अन्तर्गत कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बुझिएको छ।

मेयर बालेन साहको विरुद्धमा विद्यालयलाई नै धराशायी बनाउने योजना रहेको स्थानीयको भनाइ छ। सार्वजनिक जग्गालाई पार्टी र शक्तिको आडमा हडप्पेर व्यवसायिक भवन बनाउने उदेश्यले काम भइरहेको स्थानीयको प्रतिवाद समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *