मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान गरिएको जनाइएको छ ।

यो संस्था विश्वको चर्चित संस्था मध्ये एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताए । डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनकाे एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छ। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक भएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

#muluktimes #worldrecord #nepal #london #personality

Leave a Reply

Your email address will not be published. Required fields are marked *