मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २९, शनिवार

काठमाडौंको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा नाचगान गर्दै रमाएका छन् । महानगरको तिनकुने सुविधानगरमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु हर्षित हुँदै खुशी भएका हुन् ।

कार्यक्रमको क्रममा गीत, नृत्य, स्पोर्ट्स, केक सेलिब्रेसन, म्युजिकल ड्रामा आदि देखाइएको थियो । आफनै शिक्षिकाहरुको प्रस्तुतिबाट ससाना नानीबाबुहरु रमाएर प्रस्तुति गरेको थियो । कार्यक्रमको उदघाटन प्रिन्सिपल रश्मी काफ्लेले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य स्कुलका कोड्रिनेटर येदना लेप्चाले बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको उल्लेख गरिन् । उनले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सक्रिय बनाउन कार्यक्रम गर्दै आइरहेको जानकारी गराइन्। कार्यक्रममा उनले गीत पनि गाइन र प्रेरणामुलक कथा पनि सुनाइन् । कार्यक्रममा शिक्षिकाहरुले बालबालिकाको लागि सामुहिक नृत्य पनि प्रस्तुत गरिन् ।

कार्यक्रममा केक काटेर खुशीयाली मनाइएको थियो। यसैगरी स्पेलिङ्गमा एलकेजी पढ्ने अनामिका सिंह चौहान प्रथम भईन भने उनी स्पोर्ट्समा दोस्रो भइन् । स्पोर्ट्समा एलकेजीका अभिषा लामा प्रथम भइन्। बालबालिकाहरुलाई योग्य बनाउन चौतर्फी विकासतर्फ ध्यान दिने यो स्कुलमा बाल दिवसको अवसरमा प्रिस्कुल, एलकेजी, युकेजी देखि कक्षा १,२ र ३ का विद्यार्थीहरुले भाग लिएकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *