मुलुक डेस्क, महोत्तरी । २०८१ भाद्र १४, शुक्रवार

आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै महोत्तरीको मनराशिसवा नगरपालिकाले नगरभित्र सरसफाई अभियानलाई बृहतरुपमा अघि बढाएको छ ।

बृहत, प्रभावकारी र परिणाममुखि बनाउने लक्ष्यका साथ पालिकाको दश वटै वडामा नगरपालिकाले सरसफाई तिव्र पारेको छ ।नगरपालिकामा पर्ने मुख्य राजमार्ग देखि ग्रामीण भेगका प्रत्येक टोलटोललाई स्वच्छ, सुन्दर र आकर्षक बनाउनका निम्ति सरसफाई कार्यलाई बृहत बनाएको छ।

यस अन्तर्गत नगरका विभिन्न स्थानमा फोहर व्यवस्थापन,पुनः प्रयोग र रिसाइकलिंङका उपायहरु समेत प्रर्वतन गरिने योजना रहेको छ। नगरका वडाहरुमा नियमित रुपमा फोहोर संकलन र निष्कासनलाई अझ प्रभावकारी सहज र व्यवस्थित बनाउनका लागि नयाँ प्रविधिहरु र यान्त्रिक उपकरणहरुको आवश्यकता अनुसार प्रयोगमा ल्याउने भरपर्दो व्यवस्थापनका गर्ने योजना रहेको मेयर मोहन पाण्डेयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *