मुलुक डेस्क, महोत्तरी । २०८१ भाद्र ०८, शनिवार

मनरा शिसवा नगरपालिका सरपल्लोमा सामुदायिक भवन ‘धर्मशाला’ को आज विशेष समारोहको बिच शिलान्यास भेको छ।

मनरा शिसवा वडा नं. ६ सरपल्लोमा अवस्थित मोहिनी शरण कुट्टी नजिकै आज मेयर मोहन पाण्डेय तथा उपमेयर शकुन्तला देवीद्वारा संयुक्त रुपमा सामुदायिक भवन “धर्मशाला” को शिलान्यास गरिएको छ ।

विधि विधान र धर्म संस्कार एवम् पुजापाठ सहित पुरोहितले मन्त्रोच्चारण गरि गराएको शिलान्यासको अवसरमा वडा नं. ६ का वडाध्यक्ष रामबहादुर साह, कार्यपालिका सदस्य संजय कर्ण, अंगद मण्डल, नेपाली काङ्ग्रेसका नेता किशोर प्रितम, रामबाबू यादव लगायत लोसपाका स्थानीय नेता र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

#muluktimes #Manara #manarashisawa #healthandwellness #healthservices #Mahottari

Leave a Reply

Your email address will not be published. Required fields are marked *