मुलुक डेस्क, रौतहट । २०८१ भाद्र ०४, मंगलवार

रौतहटको गौरमा नयाँ क्याम्पस संचालनमा आएको छ । राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ ।

गौर नगरपालिका वडा नम्वर २ मा रहेको जुद्ध माध्यमिक विद्यालयको छात्रावास भवनमा यो क्याम्पसको उदघाटन भएको हो । एक समारोहको बीच राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमर यादव तथा गौर नगरपालिकाका प्रमुख शम्भु साहले संयुक्त रुपमा क्याम्पस उदघाटन गरेका हुन् ।

सो बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र देखि बिएससी कृषि र बिबिए संकाय तर्फ अध्यापन सुरु गरिनेछ । गौर नगरपालिकाको विशेष पहलमा एवं आर्थिक सहयोगमा राजर्षीजनक विश्वविद्यालयले गौरमा बहमुखी क्याम्पस संचालन ल्याएको हो ।

राजर्षीजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले विश्वविद्यालय मधेश प्रदेशमा स्थापना भएपछि नै आठ वटै जिल्लामा प्राविधिक तर्फका बहुमुखी क्याम्पसहरु संचालनमा ल्याउने योजना अनुरुप गौर नगरपालिकाले जग्गा र घर उपलब्ध गराएपछि यहाँ यसै शैक्षिक सत्रबाट दुई वटा विषयमा अध्यापन सुरु गर्ने अनुमति दिएको बताए । गौरमा विएससी कृषि र विविए संकायमा कोटाको ३० प्रतिशत छात्रवृति दिइने छ । जसमध्ये १० प्रतिशत जेहन्दार तथा २० प्रतिशत विभिन्न जनजाती कोटालाई आरक्षित गरिएको छ।

नगरप्रमुख साहको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक घनश्याम ठाकुर, जेष्ठ नागरिक संघका अध्यक्ष एवं शिक्षक विजयकिशोर झा, समाजवादीका केन्द्रीय सदस्य रेबन्त झा, राजनीतिकर्मी अनिल सिंह लगायतका समाजसेवी बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *