मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार

वालयोगेश्वर विजय कृष्णमुर्तिले आचार्य कृष्ण दमाईलाई रु एक लाखको सहयोग गरेका छन् । निरन्तर राष्ट्र, धर्मसस्कृति अनि देशको मायालाई शिरोपण गर्दै विगत १७ बर्षदेखि सामाजिक सेवामा लागेका वालयोगेश्वर कृष्णमुर्ति अहिले देश तथा विदेशमा चर्चित रह्ने नाममध्ये एक रहेको छ ।

नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाईलाई कोटिहोममा ब्रह्माण कूलका सन्ततिले प्रवचन गर्दै आएको व्यासमा बसालेर वालयोगेश्वरले देश तथा विदेशमा चिनाउने कार्य समेत गरेका छन । दलित समूदायका व्यक्तिले संस्कृत पढछन् भन्ने कुरा समाजमा विरलै सुनिन्छ । अझ भनौ दलित समूदायका व्यक्ति नै आफै आँट गरेको पनि देखिदैन । यस्तोमा दमाई समाजका लागि उदाहरण बनेका छन् ।

आचार्य कृष्ण दमाई निम्न वर्गिय परिवारमा हुर्किएका व्यक्ति हुन् । उनको अवस्था अहिले पनि नाजुक नै रहेको छ । आचार्य गरेका कृष्ण दमाईको भित्री पिडालाई बुझ्दै राहत स्वरुप वालयोगेश्वरले नगद सहयोग गरेका छन् । उनले आफ्नो फेसवुकमार्फत अन्य सहयोगी मनलाई सहयोग गर्नको लागि पनि आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *