मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार

वीरगञ्ज महानगरपालिकाको माईस्थानमा रहेको ‘सूर्य सहकारी’ ले सदस्यलाई आवस्यक परेकोबेला रकम नदिएर ठगि गरेको आरोप लागेको छ।

सहकारीका सदस्य पत्रकार बिम्मी कालिन्दी शर्माका अनुसार “मेरो त्यहाँ एफडी गरेको पैसा दिन मानिरहेको छैन।” पत्रकार शर्मा बिरामी अवस्थामा बनारसमा उपचारार्थ छिन्। पैसाको अति आवश्यता परेको शर्मालाई उक्त सहकारीले साउनको अन्तिममा पैसा दिन्छु भनेको थियो तर दिएन । आज भोलि दिन्छु जसरी पनि दिन्छु भनेर भाका राख्यो तर टारेकाे टारै छ, दिएन।

पत्रकार शर्मा आफु बिचल्लीमा परेको बेला पनि सहकारीले आलटाल गर्नु भनेको ठगी सरह नै हो । हाल उनलाई केही आफ्नोले सहयोग गरेको छ ।

पत्रकार शर्माका अनुसार,”मेरो आमाले आफ्नो भदाको सहकारीमा तेह्र वर्षअघि फिक्स डिपोजिटमा मेरो लागि राखेको पैसा अहिले मलाई आवश्यक पर्दा झिक्न पाइरहेको छैन।” भन्ने गुनासो रहेकोे छ ।
उनको अनुसार, “म भिखारी अवस्थामा पुगिसके तर पनि उक्त सहकारीले मेरो पैसा दिएन। आफ्नै पैसा माग्दा पनि मैले पाइरहेको छैन।”

सहकारीको इमेज यसै पनि देश भर बदनाम छ । जताततै ठगी र बदमासी गरेको घटना मात्रै सुन्नमा आएकोछ ।नेपालका प्रायः सबै सहकारीहरु ‘सानो पाइला’ ले जस्तै आफ्ना निक्षेपकर्तालाई ठग्ने नग्राँ फिजाएर बसेको छ। यस्तो अवस्थामा पनि सरकार कानमा तेल र मुखमा दही जमाएर बसेको आरोप शर्माको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *