मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २३, बुधवार

भारतीय साहित्यकार रण काफ्लेको नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि काठमाडौंमा अन्तर्क्रिया सम्पन्न भएको छ ।

ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहको अध्यक्षतामा गरिएको थियोे भने प्रमुख अतिथि तुलसी दिवसले कृति र कृतिकारको प्रसंशा गरेका थिए । यसैगरी कार्यक्रममा कवि शैलेन्द्र साकारले कृति स्तरीय र पठनिय भएको बताए।

नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. भरतकुमार भट्टराईले भारतको आसाममा बसेर नेपाली साहित्यको सेवा गर्ने रण काफ्लेद्वारा लिखित यो कृति नेपाली नियात्रा साहित्यका लागि पनि उपलब्धिमुलक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *