रोशन कुमार मिश्र, धनुषा । २०८१ साउन २१, सोमवार

मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले साउनको तेश्रो सोमबार आज धनुषाको क्षीरेश्वरनाथ मन्दिरमा श्रद्धालु भक्तजन र दर्शनार्थीका लागि जल वितरण गरेको छ ।

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले श्रद्धालुलाई जल बाँडेपछि कार्यक्रम सुरु भएको थियो । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुकदेव यादव, शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतो लगायतले श्रद्धालु भक्तजनलाई जल वितरण गरेका थिए । प्रचण्ड गर्मीमा श्रद्धालु भक्तजनलाई शितलताको महशुस गराउने उद्येश्यले मन्त्रालयले जल वितरण कार्यक्रम गरेको सचिव महतोले बताए ।

क्षीरेश्वरनाथ मन्दिरमा दर्शन पूजाका लागि आएका करिब एक हजार श्रद्धालु भक्तजनलाई जल वितरण गरिएको मन्त्रालयले जनाएको छ । महेन्द्रनगरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा पर्ने क्षीरेश्वरनाथ मन्दिरमा दर्शन पूजा गर्न आसपासका गाउँ र टाढा टाढाबाट पनि श्रद्धालु भक्तजनहरु आउने गर्दछ्न्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *