संजीव सिंह, मनरा । २०८१ जेष्ठ २८, सोमवार

मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को सोमवार श्री दुर्गा माविको खेल मैदान मनरामा भएको तेस्रो खेलमा वडा नं. १ मनरा विजयी भएको छ ।

मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा सोमवार भएकाे खेलमा वडा नं. ३ सोनौललाई हराउँदै वडा नं. १ मनरा विजयी भएको छ ।

टस जितेर मनराको टिमले पहिला फिल्डिङ रोजेको थियो । सोनौलको टिमले पहिले ब्याटिङ गर्दै सन्तोष मण्डलकाे ३२ रनको सहयोगले २० ओभरमा ६ विकेट गुमाउँदै कुल १३८ रनको बनाउन सफल भएको थियो ।

जवाफी ब्याटिङमा वडा नं. १ मनराका सुशील यादवले ३० बलमा ५२ रन बनाएको थियो । नट आउट ५२ रन बनाएका यादवसंगै रोहन सिंहले १९ रन र विकाश ठाकुरले १८ रन र अभिराज सिंह “ढब्बु” ले १४ रनको नट आउट पारी खेलेको थियोे। १८.३ ओभरमा मनराको टिमले ५ विकेटको नोक्सानीमा १४० रन बनाउदै ५ विकेटले खेल जित्न सफल रहयो ।

मनरा टिमको तर्फबाट सुशील यादवले सर्वाधिक ५२ रन बनाउदै “म्यान अफ द म्याच” घोषित भएका थिए । “म्यान अफ द म्याच” यादवलाई पुरस्कार स्वरुप ट्रफी प्रदान प्रदान गरिएको थियो । मनरा शिसवा नगरपालिकाका शिक्षा शाख प्रमुख दुर्गेश झा तथा जिन्सी शाख प्रमुख जयनारायण मण्डलले संयुक्त रुपमा उक्त ट्रफी यादवलाई प्रदान गरेका थिए । यादवले ३० बलमा ८ चौका, २ छक्काको मद्दतले नटआउट ५२ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *