रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ १३, आइतवार

सम्बन्ध विच्छेदको मुद्दामा विचाराधीन अवस्थामा वैवाहिक आरोप लागेका पुर्व न्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले आज दोषी ठहर गरेको छ।

आफ्नो पुर्व पति रहेका पुर्व न्यायाधीश भुवन गिरीबाट आफू बलात्कृत भएको भन्दै लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी आरती गिरीले न्यायको महसुस गरेकी छन् ।

वैवाहिक बलात्कार आरोपित पति गिरीबाट बलात्कार भएको भन्दै सडकमा न्यायको लागि बसिरहेकी आरती रावल गिरिको मुद्दामा आज काठमाडौ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासमा सुनुवाइ भएको थियो।

आजको सुनुवाइमा पीडितको तर्फबाट किर्तिनाथ शर्मा, सरकारी वकिल सुरबहादुर परियार, सहन्यायाधिवक्ता श्रीराम खनाल, जिल्ला न्यायाधिवक्ता लगायत कानुन व्यवसायीहरुले बहस गरेका थिए।
बहस पछि इजलासले निलम्बित जिल्ला न्यायाधीश गिरीलाई वैवाहिक बलात्कारको मुद्दामा दोषी ठहर गरेको र आउदो जेठ २८गते सजाय निर्धारण गरिने अदालत श्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *