रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ १२, शनिवार

नेपाल प्रहरी श्रीमती संघले एक कार्यक्रमबीच मटाहानी ६ जरलहवा गाछिमा भएको आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेर सहयोग गरेको छ ।

लक्ष्मी कुवँरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मधेश प्रदेशका प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियोे । १०३ जनाको लागि चामल, दाल, च्युरा, खानेतेल, कपडा र चपल सहितको राहत सामग्री वितरण गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *