डा. मनोज कुमार झा । काठमाडौं

          ।। १ ।।

“प्रेम” के हो ?
“प्रेम”, अब्याख्य हो !
जसको कुनै ब्याख्या हुन सक्दैन ।
जसको कुनै भाषा हुँदैन ।
जसको कुनै लिपी हुँदैन ।।

          ।। २ ।।

“प्रेम” के हो ?
जुन “शुद्ध” छ, त्यो नै “प्रेम” हो !
जुन “पवित्र” छ, त्यो नै “प्रेम” हो !!
जुन “निसकलंकीत” छ,
त्यो “प्रेम” हो !
जुन “भौतिकता” भन्दा निकै माथि छ, त्यो नै “प्रेम” हो ।।

           ।। ३ ।।

“प्रेम” के हो ?
पवित्रता भित्रको शुद्धता,
कलंकको थुप्रो भित्रको निसकलंक ।
सम्भावनाहरुको अन्त्य,
आत्मा र परमात्माको मिलन ।।

          ।। ४।।

“प्रेम” के हो ?
अपराध बिनाको दण्ड,
चोट-घाउ बिनाको गहिरो पिडादायी दर्द-तकलीफ !
त्यो, दर्द – तकलीफ भित्र लुकेको उत्कृष्ट आनन्द !
“योग समाधी” को अवस्था, मृत्यु माथिको विजय !!

           ।। ५ ।।

“प्रेम” के हो ?
तथ्य,
स्वाद,
अक्षर,
शब्द,
वाक्य,
ब्रम्हाण्ड ।।

           ।। ६ ।।

“प्रेम” के हो ?
त्याग, समर्पण र विश्वासको अनुपम संगम,
प्राप्ति, भोग, मिलन को बिपरितार्थक।
बिच्छोड, राग, पीडा को उत्त्कर्ष बिन्दु,
भाव र भावना भित्र लुकेको उत्कृष्ट भाव ।।

             ।। ७ ।।

“प्रेम” के हो ?
आवश्यकता भित्रको अतिआवश्यकता,
भ्रमहरु भित्र लुकेको मोक्ष,
जीवनको यथार्थता,
झुठ र अन्धविश्वास बाट मुक्ति ।।

             ।। ८ ।।

“प्रेम” के हो ?
प्रश्नहरू को उत्तर,
समस्याहरु को समाधान ।
चाहतको अन्तिम चाहना,
जीवनको निष्कर्ष ।।

              ।। ९ ।।

“प्रेम” के हो ?
मुक्तिको चाहना,
मोक्षको प्राप्ति ।
स्वार्थको त्याग,
आँसुको बर्षात ।।

             ।। १० ।।

“प्रेम” के हो ?
जो अजर, अमर, अविनाशी छ,
“प्रेम” परमात्मा हो ।
परमात्मा “प्रेम” हो,
“प्रेम” नै परमात्मा हो ।।

             ।। १२ ।।

“प्रेम” के हो ?
प्रकृतिबाट ग्रहण गरिने प्राण वायु,
शरिरमा बग्ने रातो पानी !
आँखाको नानी,
मस्तिष्कको जागरण,
ज्ञानको आगमन, परमज्ञानको प्राप्ति।।

             ।। १३ ।।

“प्रेम” के हो ?
बिन्दु भित्रका वाक्यहरु,
जीवनका महाभारतहरु !
गीताको ज्ञान र यथार्थताको समागम,
ब्रम्हज्ञानको प्राप्ति र ॐकार सँगको मिलन ।।

             ।। १४ ।

“प्रेम” के हो ?
यो भूत, वर्तमान र भविष्य हो !
असत्य र सत्य भित्रको सत्य हो !!
नटराजको “नटरासन” हो !
त्यस भित्रको “नट-आलिङगन” हो ।।

             ।। १५ ।।

“प्रेम” के हो ?
रुह-आत्माले महसुस मात्र गर्ने सकिने,
जुन “अब्याख्य, अनिर्वचनीय” छ ।
त्यो नै “प्रेम” हो !
त्यसैले,
“प्रेम” लाई “प्रेम” नै रहन दिउँ,
यसलाई कुनै नाम नदिउँ ।।

( डा. झा राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान्का राष्ट्रिय संयोजक हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *