डा. मनोज कुमार झा । २०८१ बैशाख ०५, बुधवार

भ्रष्ट र भ्रष्टाचारको बिगबिगी मात्रै कहाँ छ र यहाँ,
नैतिकता, आदर्श र मानवताको खडेरी नै परेको छ यहाँ ।

चोर र लूटेराको साम्राज्य नै स्थापित भएको भान हुन्छ यहाँ,
मान्छेको त के कुरा गरौं, भगवान पनि ठग रहेछन् यहाँ ।।

साधुको भेषमा छद्मभेषीहरु घुम्दा रहेछन् यहाँ,
दिउँसै आँखामा झारो हाल्ने डाँकाहरु थुप्रै रहेछन् यहाँ।

भाषण र चटकले नै जनता बेकुफ बनाउँदा रहेछन् यहाँ,
पुरानाका त कुरा के गरुँ, नयाँ त झन ठुलो ठग रहेछन् यहाँ ।

राजनीतिको आडमा वेश्यावृत्ति मौलाएको प्रष्ट देखिन्छ यहाँ,
सरकारी ढुकुटीको त कुरै छाडौं, जनताको गोजी-घरबार समेत लुटिदो रहेछ यहाँ।

नेता-कार्यकर्ताको त के कुरा गरुँ, श्रीमान-श्रीमती बिच कुटाकुट हुँदोरहेछ यहाँ,
आर्थिक आतंकवादको जालोमा भगवान पनि ठग रहेछन् यहाँ ।

सुधार र समृद्धिको नाममा मत समेत ठगिदो रहेछ यहाँ,
आशा र विश्वासको बलात्कार गरेर ठगीको व्यापार फस्टाएको छ यहाँ।

ठग साम्राज्यका मालिकदेखि पहरेदार मात्रलाई सुख-चैन रहेछ यहाँ,
भगवान समेत ठग प्रमाणित भएर भौमान बनेको देखियो यहाँ ।

मन्दिरको घण्टी देखाएर पनि ठगी व्यापार गरिदो रहेछ यहाँ,
राष्ट्रवादको घण्टी हल्लाएर राष्ट्रघात-जनघात गरिदो रहेछ यहाँ।

स्वच्छताको प्रतीक घण्टी ठगहरुले समाउँदा मन्दिर पनि अपवित्र भएको छ यहाँ,
ठगहरुको सरदारले घण्टी हल्लाउँदै भगवानलाई पनि भौमान बनाएको छ यहाँ ।

(झा राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *