मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार

चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ।

हिमाली जिल्ला मुस्ताङ्गको काखमा मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ ।

भिडियोलाई म्युजिक जक्सन नेपालको यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *