मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १०, शनिवार

मधेशी आयोगले शुक्रवार ९ गते काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरी होली उत्सव कार्यक्रम मनाएको छ। विभिन्न संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवाहरुको उपस्थितिमा भएको सो कार्यक्रममा तराई-मधेशमा होलीमा गाइने सांस्कृतिक गीत तथा नृत्यको प्रस्तुति गरिएको थियो ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हरेक वर्षझैँ यस वर्ष पनि तराई-मधेश सहित सिंगो नेपालकै महत्वपूर्ण पर्व मानिने होलीलाई आयोगले प्राथमिकतामा राखी सांस्कृतिक रुपमा कार्यक्रम आयोजना गरि हर्षोल्लासका साथ मनाइएको बताए ।

अध्यक्ष डा.दत्तले मधेशी आयोगको अधिकारहरु मध्य मधेशको संस्कृति र चाडपर्वको संरक्षण, सम्बर्धन तथा सशक्तीकरण एक महत्वपूर्ण दायित्व रहेको सो दायित्वलाई निर्वाह गर्न आयोगले यस्ता कार्यक्रमहरुको आयोजना विगतको दिनमा समेत गरिरहेको र आगामी दिनमा समेत गरिने जानकारी दिएका छन् ।

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव विश्वकर्मा, समावेशी आयोगका अध्यक्ष तथा सदस्य, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर मधेशी आयोगका सदस्यहरु जिवछ साह, रेणु देवी साह, विजय कुमार गुप्ता, आभासेतु सिंह, लोकसेवा आयोगका पुर्व सदस्य अशोक झा, आयोगका पुर्व सचिवहरु सहितको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *