रेणुदेबी साह, सदस्य । मधेशी आयोग

विश्वको शिर सगरमाथाको आधार शिविरसम्मको यात्रा अत्यन्त स्मरण योग्य र ऎतिहासिक बन्यो । सगरमाथाको आधार शिविरमा जलवायु परिवर्तनको असरले हिमालमा देखिएको असरलाई आयोगको एक सदस्यको हैसियतले नजिकबाट नियालेकी मात्रै छैन कि उक्त समस्यालाई उचित समयमा सम्बन्धित फोरमसम्म पुर्याउने कुरामा म प्रतिबद्ध पनि छु ।

हिमालको समस्यामा देशको समस्या हो । फाउण्डेसनले हिमाल, पहाड र तराईदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिलाहरुलाई एक ठाउँमा जोड्ने अभियानसहित सगरमाथा बेसक्याम यात्रा सफलतापुर्वक सम्पन्न गरेको छ । गरे के हुन्न र ? फाउन्डेसन र संस्थाका अध्यक्ष प्रजिता कार्कीले नेतृत्व गरेको यो अभियानले विश्व समुदायमा पृथक र अत्यन्त सकारात्मक सन्देश प्रवाह गरेको छ ।

कल्पनासम्म गर्न नसकिने सगरमाथाको आधार शिविरमा सबै समुदाय र विभिन्न विधाका महिलाहरू सहितको उपस्थितिमा जलवायु न्यायको सवालमा बृहत कार्यक्रम सफल बनाउनमा अत्यन्त राम्रो सहयोग र सहकार्य गर्ने फाउण्डेसनका अध्यक्ष कार्की, न्यानो स्वागत गर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा रहेका थिए । यसैगरी गैरआवसीय नेपाली संघका उपाध्यक्ष रोजिना प्रधान राई, मिस नेपाल शृच्छा प्रधान, टिचिङ अस्पतालकि इमर्जेन्सी नर्स जासमिन कार्की, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस युनियनका पुर्वाध्यक्ष बद्री सिग्देल, आरोही तेम्बा छिरी शेर्पासहितका टिमले उपस्थिति जनाएका थिए।

#muluktimes #basecamp #sagarmatha

Leave a Reply

Your email address will not be published. Required fields are marked *