मुलुक डेस्क, सर्लाही । २०८० फाल्गुन २७, आइतवार

राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्यक्षेत्र बिस्तार गर्ने क्रममा बलरा नगरपालिका वडा न. ५ अर्नाहामा गाऊँ कार्य समिति गठन गरेको छ ।

२०८० साल फागुन २४ गते विहिबार अर्नाहामा सम्पन्न उक्त कार्यक्रममा गाऊँका राजपुत समुदायका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियोे । कार्यक्रममा कार्य समिति गठन गरिनुका साथै समाजका बरिष्ठ ब्यक्तित्वहरुद्वारा सामाजिक उत्थान, कल्याण, एकता तथा आगामी कार्ययोजना सम्बन्धि छलफल पनि गरिएको थियो। कार्यक्रमको अध्यक्षता अर्नाहाका बरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक राज किशोर सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सुदामा निवासी राजपुत समाज सर्लाही जिल्ला कार्य समितिका सल्लाहकार तथा जेष्ठ नागरिक सीताराम सिंह रहेका थिए । यसैगरी विशिष्ट अतिथिमा राजपुत समाज सर्लाहीका सल्लाहकार चन्दन प्रसाद सिंह रहेका थिए।

राजपुत समाज नेपालको बिधान अनुसार सर्लाही शाखा अन्तर्गत अर्नाहा गाऊं कार्यसमितिका अध्यक्षमा चन्देश्वर प्रसाद सिंह निर्वाचित भएका छन् । उपाध्यक्षमा
राजीव कुमार सिंह, सचिवमा इन्द्रभुषण प्रसाद सिंह र कोषाध्यक्षमा नन्दकिशोर सिंह निर्वाचित भएका हुन । यसैगरी सदस्यमा सुनिल सिंह, उमेश सिंह, अवधेश सिंह, अशोक कुमार सिंह, सञ्जय सिंह, सत्य प्रकाश सिंह र ललन प्रसाद सिंह निर्वाचित भएका हुन् । यसैगरी सलाहकारमा राजकिशोर सिंह र वीरेन्द्र प्रसाद सिंह
चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *