संजीव सिंह । २०८० फाल्गुन २५, शुक्रवार

राजपुत समाज नेपालले महाशिवरात्रिको पावन अवसरमा दर्शनार्थी श्रद्धालु भक्तजनका लागि नि:शुल्क प्रसाद वितरण गरेको छ । यसैगरी नि:शुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण गरेको छ ।

महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालद्वारा संचालित आज एक दिने कार्यक्रमले सामाजिक र मानवीय सेवाधर्ममा टेवा पुर्याउने हेतुले गरिएको जनाएको छ । सो कार्यक्रमको उद्घाटन समाजका वरिष्ठ सल्लाहकार एवम् राजनीतिज्ञ राम किशोर सिंह, उपाध्यक्ष उमेश सिंह, सचिव ध्रुबकुमार सिंह र कार्यक्रम संयोजक अमित कुमार सिंहले गरेका थिए ।

क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावना सहित श्रद्धालु भक्तजनको सेवामा समर्पित यो कार्यक्रम विगतको वर्षदेखि पशुपति क्षेत्रमा संचालन गरिदै आएको छ । कार्यक्रममा समाजका वरिष्ठ एवम् अग्रज व्यक्तित्व, महिला, युवा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रसादको रुपमा भक्तजनको लागि हलुवा, खीर र खानाको प्रबन्ध गरिएको थियोे ।करिब एकसय जना राजपुतको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको समायोजन गरिएको थियोे । प्रसाद मात्रै करिब २ हजारभन्दा बढीलाई वितरण गरिएको थियोे ।

स्वास्थ कार्यक्रम अन्तर्गत एक हजारभन्दा बढीलाई चेकजाँच गरिएको थियो । डा. सिके सिंहको नेतृत्वमा डा. रोशन, डा. शैली, डा. शिवानी, डा. राजकुमार सिंह सहित ६ जना विषेशज्ञ चिकित्सकको टाेलि र त्यतिनै मात्रामा नर्सहरु खटिएको थियोे। मास्क मात्रै ५ हजार थान भन्दा बढी वितरण गरिएको थियो । पारासिटामोल ३,००० ट्याबलेट, ओआरएस ४०० सहित अन्य औषधि वितरण गरिएको थियोे । यसका साथै दिनभर आउने श्रद्धालुलाई पानी पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *