रमेश लुइँटेल, काठमाडौं । २०८० फाल्गुन १९, शनिवार

नेवा:लहना बिश्व सरसफाइ अभियानद्वारा यहि फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ रक्सी फेस्टिभल मनाउने भएको छ । बिदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनु पर्ने भन्दै फेस्टिभलको आयोजना गरिएको नेवा:लहनाका संस्थापक राजमान मानबले बताए ।

यो फेस्टिभलबाट भोलिको दिनमा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्तरमा पुर्याउन सक्ने राजमान मानवको दाबी रहेको छ । यसलाई सांस्कृतिक पर्वको रुपमा मनाउन लागिएको हो । रक्सीको सात वटा आइटम र छ्याङको १० आइटम बन्ने राजमानले बताए। किर्तिपुर आफैमा कलाले भरिएको ठाउँ हो र यसलाई राजमानले रंगिन बनाउदै कला र संस्कृति समेत झल्काउने उदेश्य रहेकोले यो अतिनै सराहनीय कार्यको आयोजना भइरहेको स्थनीयको भनाइ रहेको छ ।

#muluktimes #kirtipur #Kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *