रमेश लुइँटेल, काठमाडौं । २०८० माघ ०२, मंगलवार

सरकारी स्तरमा संचालित रत्न राज्य माध्यमिक विद्यालय विगत ६ दशकदेखि आफ्नो अस्तित्व र गुणस्तरीय शिक्षा मार्फत देशको अब्बल विद्यालयको श्रेणीमा राख्न सफल भएको देखिन्छ ।

बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक रामाशिष यादब बताउँछ्न । देशभरका प्राय ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहनुका साथै भौतिक पुर्वाधार पनि सक्षम रहेको छ । मध्यबानेश्वरमा अवस्थित यो विद्यालयमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ संचालन हुन्छ ।

यो विद्यालयमा करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् भने कर्मचारी र शिक्षक गरि जम्मा १०३ जना कार्यरत रहेका छन् । बिहानीसत्रमा कक्षा ११ र १२ को पढाइका लागि १८ जना शिक्षक र दिउसोको पढाइका लागि ८० शिक्षक रहका छन् ।

गतवर्ष एसईई परिक्षामा ३०४ जना बिद्यार्थी उतिर्ण हुन सफल यो विद्यालयमा कक्षा ११ र १२ को नतिजा पनि राम्रो हुने गरेको प्रधानाध्यापक यादवले बताए । खेलकुद, गीत संगित, हाजिरी जवाफ, वाचनकला आदि छेत्रमा पनि यो विद्यालय उत्कृष्ट विद्यालय मध्येको एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *