मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २५, सोमवार

काठमाडौं बिश्वबिद्यालय अन्तर्गतको कुसुम( Kathmandu University School Of Management ) रोट्रयाक्ट क्लवले धुम्रबराहा माध्यमिक विद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ।

बिद्यालयमा आयोजित एक कार्यक्रममा कुसुम रोट्रयाक्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८, ९ र १० का छात्रालाई पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान भित्री लुगाका साथै कलर पेन्सिल र कलर ९६ थान, कपि १०० थान, पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० वटा, पेन्सिल ब्याग १०० वटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेनिस टेवललगायत) र ट्रयाकसुट लगायतका लुगाहरु धुम्रबराहा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरेकी हुन् ।

उक्त सामग्री हस्तान्तरण गर्दै कुसुम रोट्रयाक्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन भने उक्त विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्रयाक्ट क्लव कुसुमले विद्यालय र विद्यार्थीका लागि सहयाेग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्रयाक्ट क्लव कुसुमलाई शुभकामना समेत दिइन्।

रोट्रयाक्ट क्लव कुसुमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, बुद्ध पब्लिकेशन, प्रभु बैंक, इनयाँ क्याफे र बुद्ध पब्लिकेशन लगायतका संस्थाहरुले सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *