रमेश लुइँटेल, काठमाडौं । २०८० मंसिर ०७, बिहिवार

राजतन्त्रका पक्षधर सडक आन्दोलनमा आजबाट होमिएको छ । बृहत रैलीका साथ लाखौं जनता सडकमा आन्दोलनरत छ्न् । के अब राजतन्त्र र हिन्दुराज्य फर्किने सम्भावना रहेको छ ? शक्ति प्रदर्शनको आडमा यो सम्भव छ र ? सरकार डराएकै हो त?

प्रश्न अनेकन छ? जवाफ समयले दिनेछ । विगत केहिदिन देखि जिल्ला प्रशासन कार्यालय मार्फत सरकारले सार्वजनिक ठाँउमा ५ जनाभन्दा बढी भेला हुन नदिने निषेधाज्ञा जारी गरेको छ । निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षाको पोख्त इन्तजाम गरेको छ । सर्वसाधारणमाथी समेत निगरानी कडा गरिएको छ । चेकजाँच दुरुस्त पारिएको छ ।

भुइमान्छे र गरिब लघुबित्त पिडित नागरिकको आवाज उठाउदै आएका दुर्गा प्रसाईं लाई साथ दिन अनेकौं व्यक्ति लगायत सांसद ज्ञानेन्द्र साही समेत सडकमा उत्रिएका छ्न । सिंहदरबार छिर्न बल्खुबाट राजाबादीहरु अगाडी बढेपछि प्रहरीले गोलि र आसु ग्यास चलाउन बाध्री भएको छ । आम जनता त्रसित छन् ।स्कुल कलेज बन्द छ । दैनिक त्रहिमाममा र अन्यौलमा गुज्रिएको देखिन्छ। काठमाडौंको अवस्था नाजुक देख्न सकिन्छ । सत्ता र शक्ति परिवर्तनको खेलमा मुलुकमा फेरि ठुलो परिवर्तनको संकेत देख्ने सम्भावना पलाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *