डा. मनोज कुमार झा, काठमाडौं । २०८० मंसिर ०६, बुधवार

राजाको तर्फबाट औपचारिक सूचना / जानकारी यो हो है !
मपाईवादले ग्रस्त ठेकेदारी प्रथाको निरन्तरता तहत प्रचारप्रसार गरिए जस्तो कुनै ब्यक्ति विशेष वा पार्टी विशेषले आयोजना गरेको कार्यक्रम होइन नि !

त्यसैले आम देशभक्त नेपाली मन र जनहरु स्वस्फूर्त रुपमा यहि मंसिर ९ गते झापा जिल्लाको विर्तामोड न.पा. वार्ड नं १ स्थित “ईष्टर्न ईम्पायर कलेज अफ होटल म्यानेजमेन्ट” को प्राङ्गणमा व्यापक सहभागिताको लागि हार्दिक अपील गर्दछ।

तर, यो या त्यो बहानामा मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रित “राष्ट्रिय मुक्ति आन्दोलन” मा सहभागी नहुने वा विभिन्न षड्यन्त्रको सिकार नहुन पनि अपील गर्दछौं । फुटाउने, फुट्ने, छलछाम, षडयन्त्र, प्रपञ्चको सिकार हुने छुट अब नेपालीलाई छैन भन्ने हेक्का सम्बन्धित सबैले राखौं, कसैलाई प्रधानमन्त्री,उपप्रधानमन्त्री, मन्त्री, सांसद बनाउन र तिनको सत्ता-भत्ता-पद-ब्यक्तिगत प्रतिष्ठाका लागि प्रयोग हुने झोले बन्ने गलती पटकपटक नगरौं ।

मातृभूमि र भावी सन्ततिको वर्तमान एवं भविष्यका लागि एकजुट भएर भ्रष्ट दानवीय सत्ता एवं ब्यक्ति विशेष केन्द्रित एकात्म-मनोगतवादी लूटतान्त्रिक शासन ब्यवस्था र छाडा, अराजक, भाषण केन्द्रित कागजी ब्यवस्थापन तथा ब्यवस्थापक गिरोहका विरुद्ध अवस्था र ब्यवस्था दुवै बदल्न निर्णायक संघर्ष गरौं ।

नेपाल – नेपाली – नेपालीपना बचाउनु भन्दा माथि केहि र कोहि होईन्न ।
हेक्का रहोस् , नेपाल रहयो भने हामी नेपाली हुने-रहने हो ।

राजधर्म, राष्ट्रधर्म, मानवधर्म निर्वाह गर्दै सनातनी नेपाली हुनुको कर्तव्य निर्वाह गरौं, नेपाल आमाको ऋण चुक्ता गर्न, नेपाली हुनुमा गर्व हुने सबैले स्वस्फूर्त रुपमा सम्पूर्ण तैयारीका साथ काठमाडौं केन्द्रित होऔं ।

(डा. झा, राष्ट्र बचाउ अभियान र राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *