रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक २१, मंगलवार

जलेश्वरमा जनमत पार्टीले बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम गरेको छ ।

महोत्तरी जलेश्वर स्थित श्री ल. च. मु. उच्च माध्यमिक विधालयको रंगशालाको प्राङ्गणमा आज जनमत पार्टि महोत्तरीको आयोजनामा बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पार्टीको महोत्तरी जिल्ला ईन्चार्ज बिरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा पार्टी राष्ट्रिय अध्यक्ष डा. सि.के. राउतको प्रमुख आतिथ्यमा सो समारोह सम्पन्न भएको थियो ।

यसैगरी कार्यक्रममा विशिषट अतिथीको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साह, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंह, मधेश प्रदेश कृषि राज्यमन्त्री, पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. वसन्त कुशवाहा, प्रदेश सभा सदस्य सतिश कुमार सिंह, पुर्वराष्ट्रिय उपाध्यक्ष अबदुल खान, प्रवक्ता डा. शरद सिंह यादव, अतिथी केन्द्रिय कार्यकारिनी सदस्य संजय स्वराजी, केन्द्रिय सदस्य अंजलि देबि मण्डल, कोमल यादव, सीता झा, मकाउदन महतो, कोशलेन्द्र गिरि, कृष्ण कुमार साह, बिरेन्द्र यादव, संजय कुमार साह, बिरेन्द्र महतो लगायत अतिथिको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा मधेश, मधेशी र पार्टी उपर चर्चा परिचर्चा भएको थियो । जिल्लाभरका करिब सयौंको संख्यामा कार्यकर्ता तथा नेता पार्टी प्रवेश गरेका थिए भने हजारौं सर्वसाधारणको उपस्थितिमा बृहत् कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन आरजे इरसादले गरेका थिए भने स्वागत मन्तव्य सितेश ठाकुरले गअरेका थिए ।कार्यक्रमको दौरान सांंस्कृतिक झाँँकी, गीतसंंगीत र नृत्री पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *