मुलुक डेस्क, महोत्तरी । २०८० कार्तिक ०४, शनिवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको तेस्रो पुण्यतिथिको अवसरमा श्री जनता माध्यमिक विद्यालय सोनौलमा बैग वितरण गरेको छ ।

फाउण्डेशनले शुक्रवार दिउँसो श्री जनता माध्यमिक विद्यालय सोनौलका विद्यार्थीहरुलाई बैग वितरण गरेको हो । यो विद्यालय मनरा शिसवा नगरपालिका वडा नं. ०३ मा पर्दछ । यो विद्यालयको स्थापना २००८ सालमा भएको हो।यहाँ कक्षा १० सम्मको अध्ययन र अध्यापन हुने गर्दछ ।

पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर मोहन पाण्डेय रहेका थिए भने फाउण्डेशनका कार्यकारी ई. रन्जित सिंहको अध्यक्षता रहेको थियो । वडाध्यक्ष अशोक कुमार अधिकारी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव राघो शरण भगत, नेका वडा सभापति उपेन्द्र यादव, नगर कोषाध्यक्ष अंजली यादव, युवा नेता मनोज मंडल सहितको उपस्थिति रहेको थियो

तेस्रो पुण्यतिथिकाे अवसरमा फाउण्डेशनले नेपाल जनता माध्यमिक विद्यालय सोनौलमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई बैग वितरण गरेको थियो । कार्यक्रममा शिक्षक प्रतिनिधि श्रीनारायण मंडल, विद्यालयका स. प्रधानाध्यापक राजेन्द्र प्रसाद साह, शिक्षक नागेन्द्र राय, कमलेश यादव, शिक्षिकाहरु पुनम, रजनी सहित विद्यार्थी र नगरवासीको उपस्थिति रहेको थियो ।

तेस्रो पुण्यतिथि समारोहमा परिवार सदस्यहरु संजय सिंह, उमेश प्रसाद सिंह, विमलेन्द्र कुमार सिंह, मुकेश कुमार सिंह, नितेश कुमार सिंह, सुमित सिंह समेतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी तथा फाउण्डेसनका सदस्य संजीव सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *