मुलुक डेस्क, महोत्तरी । २०८० कार्तिक ०४, शनिवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको तेस्रो पुण्यतिथिको अवसरमा विभिन्न विद्यालयमा बैग वितरण गरेको छ ।

फाउन्डेशनले शुक्रवार बिहान श्री राष्ट्रिय आधारभुत विद्यालय झिंगास्थानका विद्यार्थीहरुलाई बैग वितरण गरेको थियो । यो विद्यालय मनरा शिसवा नगरपालिका वडा नं. ०७ मा पर्दछ । यो विद्यालयको स्थापना २०४३ सालमा भएको हो ।
यहाँ कक्षा ६ सम्मको अध्ययन र अध्यापन हुने गर्दछ ।

स्वर्गीय नेता सिंहको यादमा खोलिएको यस फाउण्डेशनले शिक्षा, स्वास्थ्य र सामाजिक कार्यक्षेत्रमा अग्रसर भएर कर्य गर्दै आइरहेको छ । यो पटक सिंहको तेस्रो पुण्यतिथिको अवसरमा कार्तिक २ गते मनरा र कट्टीकाे विद्यालयका विद्यार्थीलाई बैग वितरण गरिएको थियो । पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर मोहन पाण्डेय रहेका थिए भने फाउण्डेशनका कार्यकारी ई. रन्जित सिंहको अध्यक्षता रहेको थियो ।

तेस्रो पुण्यतिथिकाे अवसरमा फाउण्डेशनले नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यनरत कक्षा ६ का विद्यार्थीहरुलाई बैग वितरण गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उदयकिशोर झा, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडाध्यक्ष रामनाथ सहनी, सदस्य सुरेश सहनी, कार्यपालिका सदस्य संजय कर्ण, चित्रकार अजय देसार, अभिभावकहरु गणेश महतो, भरत सहनी, महेश सहनी, ब्रम्ह्देव सहनी, उपेन्द्र साह, विद्यार्थीहरु, र नगरवासीको उपस्थिति रहेको थियो ।

तेस्रो पुण्यतिथि समारोहमा परिवार सदस्यहरु संजय सिंह, उमेश प्रसाद सिंह, विमलेन्द्र कुमार सिंह, मुकेश कुमार सिंह, नितेश कुमार सिंह, सुमित सिंह समेतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी तथा फाउण्डेसनका सदस्य संजीव सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *