रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०३, शुक्रवार

जलेश्वर नगरपालिका-२ दुर्गा चौकबाट श्री दुर्गा पुजा कमिटीको आयोजनामा जलेश्वरमा बेल निमन्त्रणा तथा कलश शोभा यात्रा सम्पन्न भएको छ । कमिटिका अध्यक्ष शिवचन्द्र चौधरिको अध्यक्षतामा तथा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सभासदस्यद्वय रानी शर्मा तिवारी र अभिराम शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक प्रकास मल्ल, स. प्र. ना. उ. उज्वल लामिछाने लगायत करिब एक हजारभन्दा बढीको उपस्थितिमा बेल निमन्त्रणा तथा कशल शोभा यात्रा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यश गणका ब्याण्ड बाजा टाेलिले सांगितिक प्रस्तुति दिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *