रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०२, बिहिवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री ने रा कु मावि कट्टीमा मा बैग वितरण गरिएको छ । सिंहको तेस्रो पुण्यतिथिकाे अवसरमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ ।

विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउन्डेशनले निरन्तर रुपमा सिंहको पुन्यतिथी कार्तिक ०२ गतेको अवसरमा यस्तो किसिमको सहयोगात्मक सहकार्य गरिरहेकाे फाउन्डेशनको अध्यक्ष ई. रन्जित कुमार सिंहले बताए ।

पुण्यथितीको अवसरमा कक्षा ९ मा अध्यनरत विद्यार्थी सहित उनका अभिभावक, नगरका सज्जनबृन्द, कार्यरत शिक्षक, नेतागण लगायत वडा नं. २ का वडाअध्यक्ष राम नरेश सिंह, प्रधानाध्यापक रासराज साह, केशरी सिंह, मदन सिंह, संजय सिंह, उमेश प्रसाद सिंह, विमलेन्द्र कुमार सिंह, मुकेश कुमार सिंह, नितेश कुमार सिंह, सुमित सिंह, उपस्तिथि रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय समितिको अध्यक्ष अनिल कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन पाण्डेयको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी संजीव सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *