रोशन कुमार मिश्र, महोत्तरी । २०७० असोज ३०, मंगलवार

महोत्तरीको जलेश्वर-१ मा अवस्थित जलेश्वर महादेव मन्दिर र दुर्गा मन्दिरमा भारतको दिल्ली विश्वविद्यालयका प्रोफेसर डा. रंजित कुमार सिंह, पुर्व नेसनल मेडिकल कमिसनका राष्ट्रिय अध्यक्ष डा. सहजा नन्दन प्रसाद, भाजपाका नेता डा. दिपक ठाकुर, रेल्वे सुपरिटेन्डेन्ट बिपि सिंह सहितको ५० जनाको टाेलीले भ्रमण गरेको छ ।

जनता समाजवादि पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह सहित भारतीय ५० जनाको टाेलीलाई मन्दिर दर्शन गराउदै जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले गमछा ओढाई स्वागत गरेका थिए ।

सो अवसरमा भारतीय अतिथिलाई अवध मिथिला फाउन्डेसनद्वारा आयोजित अवध मिथिला संस्कृती एक झलक कार्यक्रमको अवलोकन पनि गराइएको थियो ।

muluktimes #Jaleshwor #Mahottari

Leave a Reply

Your email address will not be published. Required fields are marked *